ठूला गेमचेन्जर जलविद्युत आयोजनातर्फ सरकारको ध्यान केन्द्रित
१० पुष २०८०, मंगलवार १७:२७
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार अब ठूला गेमचेन्जर जलविद्युत आयोजना तर्फ ध्यान केन्द्रित गरेको बताएका छन् ।
मंगलबार सरकारको एक बर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशका नाममा सम्बोधन गर्दै बुढी गण्डकी, माथिल्लो अरुण लगायतका गेमचेन्जर जलविद्युत आयोजनाको प्रक्रिया अघि बढाउने तयारी रहेको बताए ।