पुस १३ गतेदेखि दोलखामा महोत्सव, १५० स्टल बुकिङ्ग

१० पुष २०८०, मंगलवार १४:२०

काठमाडौं । दोलखा उद्योग वाणिज्य संघले यहि पुस १३ गतेदेखि २२ गतेसम्म १० दिने बृहत महोत्सव आयोजना गर्ने भएको छ । दोलखा बाणिज्य महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ‘दोलखा महोत्सव २०८०’ को सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।

राजधानी काठमाडौंबाट नजिकै रहेको बागमती प्रदेशको सुन्दर हिमाली जिल्ला दोलखाले आर्थिक क्रान्तिका आधार तय गर्ने महान लक्ष्य बोकेर आयोजना हुन लागिरहेको उक्त महोत्सवले दोलखा जिल्लालाई पर्यटन, कृषि, अन्नवाली र जलस्रोतमा अब्बल जिल्लाको रुपमा परिचत गराउनेछ ।

प्रधानमन्त्री पुष्पकमल दहाल (प्रचण्ड) ले पौष १३ गते शुक्रबार बिहान ११ बजे महोत्सवको समुदघाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री वितरण तथा प्रवर्द्धन गर्ने गरी १ सय ५० वटा स्टल राखिनेछ । सबै स्टलहरु आईतबार साँझबाटै ‘बुकिङ क्लोज’ भइरहेका छन् ।

उक्त स्टलहरुमा दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, निजी क्षेत्र, कृषक, विभिन्न समुहहरु, संघ संस्था, उद्योगी व्यवसायीका उत्पादन, सामाग्री लगायत प्रर्दशनीका लागी राखिने महासंघले जानकारी दिएको छ ।

महोत्सवमा दोलखा जिल्लाका पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी साथै बृत्तचित्र प्रर्दशनी समेत गरिनेछ । महोत्सव अवधीभर राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुती रहनेछ । यस्तै चरिकोट टुडिखेल देखी भ्यूटावर हुदै देउराली सम्म घोडचडि, बिभिन्न खेलकुद प्रतियोगिताहरु, बिद्यालय स्तरीय प्रतियोगिताहरु संचालन गरिने छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*