फरक जोखिम शैली वहन गर्ने तीन बीमा योजना ल्याउदै नेपाल बीमा प्राधिकरण, पन्छी बीमा संसोधन

१० पुष २०८०, मंगलवार १०:५०

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकैपटक तिन बाली बीमा योजना ल्याउने भएको छ ।हाल खाद्यान्न र फलफूल खेतीमा गणना गरिरहेको तर केही फरक प्रकृतिको उत्पादन र जोखिम शैली भएको तीन बालीको छुटै योजना बनाएर एकै साथ ल्याउने भएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारी बताँउछन् ।

हाल खाद्यान्नको वर्गमा दलहन बाली बीमालाई हेर्दै आएको थियो भने फलफूल वर्गमा आँप खेती बीमालेख र ओखर खेतीलाई समावेश गरेर बीमा गर्दै आएका थियौ, उनले भने ।

प्राधिकरणले पोलिसीको सम्पूर्ण काम सकेर अन्तिम चरणमा आईसकेको हुँदा पुसको तेस्रो साता पोलिसी बजारमा ल्याउने तयारी गरेको छ।

त्यस्तै, प्राधिकरणले पन्छी बीमालेख पनि संसोधन गरेको छ । प्राधिकरणले मसिंर १३ गते उक्त पोलिसि जारी र संशोधन गरेको जनाएको छ।

हाल पन्छी बीमामा समावेश नभएका र कृषकहरुको मागलाई मध्यनजर गर्दै प्राधिकरणले संसोधन गरेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*