प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्ने
१० पुष २०८०, मंगलवार ०९:५६
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।
कार्यकालको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले एक वर्षमा भएका कामकारबाही र आगामी योजनाका विषयमा देशबासीलाई जानकारी दिने बताइएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले पोहोर साल पुस १० गते नियुक्त भई पुस ११ गते शपथ लिएका थिए ।