मोटर बीमा व्यवसायबाट मात्र झण्डै साढे ४ अर्ब संकलन, अन्य कुनबाट कति ?

१० पुष २०८०, मंगलवार ०७:३३

काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा रहेको तथ्याङ्कले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको कुल हिस्सामा अनिवार्य गरिएको मोटर बीमाको हिस्सा ३० प्रतिशतभन्दा बढी रहेको छ ।

चालु आर्थिक वर्षको कात्तिक महिनासम्म बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संचालनमा रहेका निर्जीवन बीमा पोलिसीहरुमध्ये मोटर बीमा व्यवसायले झण्डे ३० प्रतिशत हिस्सा ओटगेको छ । सरकारको प्रावधान अनुसार सवारीसाधनको बीमा गर्नुपर्ने भएकाले यसको हिस्सा बढी देखिएको हो ।

निर्जीवन बीमा कम्पनीले चालु आवको कात्तिक महिनासम्ममा १२ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । कम्पनीहरुले कात्तिक महिनासम्ममा आठ लाख ९४ हजार ५२४ वटा बीमालेख जारी सो बराबरको व्यवसाय गरेका हुन् । कम्पनीहरुले मोटर बीमाबाट चार अर्ब २४ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा कम्पनीहरुले सबैभन्दा धेरै बाग्मती प्रदेशबाट कम्पनीहरुले दुई अर्ब ३५ करोड ७४ लाख रुपैयाँको मोटर बीमा व्यवसाय गरेका छन् । त्यस्तै, यस अवधिमा कम्पनीहरुले तीन अर्ब १९ करोड ७५ लाख रुपैयाँको सम्पत्ति बीमाको व्यवसाय गरेका छन् ।

त्यस्तै, इन्जिनियरिङ तथा ठेग्गा जोखिम बीमाबाट एक अर्ब ५८ करोड ३७ लाख रुपैयाँ, सामुन्द्रि बीमालेखबाट ७२ करोड ७४ लाख रुपैयाँ, हवाईबाट ७३ करोड ५७ लाख रुपैयाँ, कृषि तथा बाली ६४ करोड रुपैयाँ र लघुबीमाबाट दुई करोड रुपैयाँको व्यवसाय गरेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*