पूर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन गर्ने, साधारण सभा पनि आह्वान
९ पुष २०८०, सोमबार ११:३४
काठमाडौं । पूर्वाञ्चल ल्युव आयल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन लगायतका अन्य प्रस्तावहरु पारित गर्न साधारण सभा पनि आह्वान गरेको छ ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले २४औं वार्षिक साधारण सभा पुस २९ गते आइतबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय, सुन्दर हरैचा,विराटचोक मोरङमा आयोजना गरेको हो । सभा विहान ११ बजेदेखि सुरु हुनेछ ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणलाई समेत स्वीकृती प्रदान गर्नेछ ।