मन्त्रिपरिषदमा अन्तिम पत्र पठाउँदै बिदामा बसेका अध्यक्ष रमेश हमालको नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने सपना अपूरै
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने अनुमतिका लागि मन्त्रिपरिषद्मा अन्तिम पत्र पठाउँदै आफ्नो कार्यकाल अन्तिम दिनमा बिदामा बसेका छन्।
अर्थमन्त्रालयले नयाँ स्टक एक्सचेञ्जको दिने कारण खुलाएर ल्याउन अनुरोध गरेसँगै बोर्डका अध्यक्ष हमालले बोर्डको बैठकमा जवाफ तत्कालै फकाउन बोर्डको बैठक बसे पनि संचालकहरुबाटै बहुमत नपाँउदा उनी निराश भएर दुई साता अघि नै बिदामा बसेका छन् ।
धितोपत्र बोर्डको गएको शुक्रबार बसेको सञ्चालक समिति बैठकबाट रोकिएको नयाँ स्टक एक्सचेन्ज प्रक्रिया अगाडि बढाउने पत्र मन्त्रिपरिषद्लाई पठाउँदै हमाल बिदामा बसेका हुन्।हमालको कार्यकाल पुस २० गतेबाट सकिँदैछ। धितोपत्र बोर्डका अध्यक्षले आफ्नो कार्यकाल सकिनुभन्दा एकमहिना अगाडिबाट बिदामा बस्नुपर्ने व्यवस्था भएपनि हमाल दुई सातामात्रै बिदामा बस्न लागेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बताए।
बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यलाई प्रशासन र मुक्तिनाथ श्रेष्ठलाई सुपरिवेक्षणको जिम्मेवारी दिएर हमाल बिदामा बसेको सूचना अधिकारी देवकोटाले बताए।