राष्ट्रिय वाणिज्य बैंकले बढुवाका लागि क–कसलाई गर्यो सिफारिस (सूचनासहित)
९ पुष २०८०, सोमबार १०:२०
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रशासन, लेखा, कानून, कृषि तथा इन्जिनियर समूहका कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ ।
बैंकले कार्य सम्पादन मूल्याङकन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्यक्षेत्र बापत प्राप्त अंकका आधारमा बढुवा हुनेभन्दा एक तह मुनिको पदमा कार्यरत उम्मेदवारहरुलाई योग्यताक्रम अनुसार सिफारिस गरेको हो ।
राष्ट्रिय वाणिज्य बैंकले प्रशासनबाट ७, लेखा समूहबाट ३, कानून, कृषि र इन्जिनियर समूहबाट १-१ जना गरी १३ जनालाई बढुवाका लागि सिफारिस गरेको सूचना सार्वजनिक रुपमा प्रकाशित गरेको छ ।