बुक बिल्डिङमा आईपिओ निकाल्दै गरेको सर्वोत्तम सिमेन्टको लाइन काटियो, ८३ करोड नतिरेपछि उद्योग बन्द

८ पुष २०८०, आईतवार २०:२६

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई घुस सेटिङमा बुक बिल्डिङमा आईपिओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टले ८३ करोड रुपैयाँ नतिरेपछि विद्युत लाइन काटिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बिल नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलको विद्युत लाइन आज काटेको हो । प्राधिकरणले आइतबार सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । सर्वोत्तम सिमेन्टले ८३ करोड र लक्ष्मी स्टीलले ६२ करोड रुपैयाँ नतिरेसम्म लाइन नजोडिने विद्युत प्राधिकरणले जनाएकोछ । लाइन काटिएपछि सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलको उत्पादन ठप्प हुन पुगेको छ ।

लोडसेडिङको समयमा लिएको डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिए पनि विद्युत महसुल नतिरी बसेका थिए । प्राधिकरणले शुक्रबार जगदम्बा स्टिल, रिलायन्स सिमेन्ट, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको लाइन काटेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ट्रंक र डेडिकेटेड लाइनबापतको बक्यौता उठाउन निर्देशन दिएपछि प्राधिकरणले उद्योगमाथि एक्सन सुरु गरेको हो । नेपाल विद्युत प्राधिकरणका अनुसार ३० वटा कम्पनीले मात्रै गत असारसम्म २१ अर्ब ६ करोड रुपैयाँ तिर्न बाँकी छ । हालसम्म कसैले पनि ति उद्योगहरुले विद्युत महसुल बुझाएका छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*