नेशनल लाइफ इन्स्योरेन्सद्धारा १ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

८ पुष २०८०, आईतवार १६:०३

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले रुकुमका गोविन्द बि।कको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको रुकुम पश्चिम शाखाले बाफिकोट गाउपालिका एकका गोविन्द बि।कको परिवारलाई एक लाख १९ हजार ५९३ रुपैयाँको चेक दिएको छ । बिकले नेशनल लाइफमा एक लाख रुपैयाँको बीमा गरेका थिए । उनले हालसम्म १८ हजार २१ रुपैयाँ मात्रै बीमा शुल्क बुझाएका थिए ।

.
शाखा प्रमुख टंक हमालले बि।कको बुबा तिल बहादुर कामीलाई उक्त रकम प्रदान गरेका हुन् । दाबी भुक्तानी कार्यक्रममा कम्पनीको मुख्य ब्यबसाय प्रबन्धक लाल बहादुर बोहरा, ब्यबसाय प्रबन्धक फर्मिका बि।कको समेत उपस्थिति थियो । जीवन बीमा जोखिम बहन गर्ने महत्वपुर्न माध्यम भएको भन्दै जीवन बीमाका विषयमा आजै सोच्न अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*