हाथवे इन्भेष्टमेन्ट कम्पनीका लगानीकर्तालाई ७ सय ९७ रुपैयाँ फाइदा, निरन्तर बढेको शेयरमा नकारात्मक सर्किट
८ पुष २०८०, आईतवार १५:५५
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयर मूल्यमा ‘ब्रेक’ लागेको छ । निरन्तर बढेर ९२३ रुपैयाँसम्म पुगेको हाथवेको शेयर मूल्य घटेर ८४७ रुपैयाँमा आएको छ ।आज नै हावथेको शेयर मूल्य करिव १० प्रतिशतले घटेको छ । निरन्तर रुपमा बढेको हाथवेको शेयरमा पहिलो पटक घटेर ब्रेक लागेको हो ।
९०० रुपैयाँ भन्दा बढी मूल्यमा बिक्री गर्ने हाथवेका लगानीकर्ताहरु मालामाल भएका छन् । हाथवेले गत वर्षको लाभांशबाट १० प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने करप्रयोजनका लागि नगद लाभांश वितरण गर्ने घोषणा गरिसकेको छ ।
अंकित मुल्य ५० रुपैयाँको शेयर ९०० रुपैयाँ माथि पुगेपछि हाथवे इन्भेष्टमेन्ट लगानीकर्ता मालामाल भएका हुन् । हाथवे इन्भेष्टमेन्टले सर्वसाधारणलाई २ करोड ३४ लाख कित्ता शेयर जारी गरेको थियो ।