सिटिजन लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी

८ पुष २०८०, आईतवार १५:२६

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी तरहरा शाखाले बीमा दाबी बापत ७ लाख ४५ हजार ९ सय ४० रुपैया भुक्तानी गरेको छ। इटहरी १९ का उदेश राईले आत्महत्या गरेपछि कम्पनीले सो रकम हस्तान्तरण गरेको हो।

उदेशले ६ लाख २० हजारको बीमा गरेका थिए। उनले ३ किस्ता रकम तिरेका थिए। ३ किस्तामा ९० हजार बीमालाई तिरेका थिए। मृतकका आमा चन्द्र शोभा राईलाई बीमा रकम दिइएको हो।

बीमा अबधी पुगेपछि पुन ६ लाख २० हजार रकम पाउने कम्पनीका शाखा प्रमुख सुजन श्रेष्ठले जनाउनुभयो। काजकृया खर्च बापत मृतकको परिवारलाई ५० हजार रकम दिएको बीमा कम्पनीका एजेन्सी मेनेजर जय खड्काले जनाएको छ।

भावनात्मक क्षतिलाइ पुरा गर्न नसकेतापनि आर्थिक क्षतिलाई भने बिमाले ठूलो राहत पुर्‍याउने तथा बिमाबापत प्राप्त भुक्तानीले आश्रित परिवारका सदस्यहरुको जीवनयापन र सन्ततिहरुको शिक्षादिक्षा, सामाजिक कार्य गर्न बिमाले महत्वपूर्ण भूमिका खेल्ने मेनेजर खड्काले बताउनुभयो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*