एयरपोर्टबाट सुन बाहिर ल्याइदिने नागरिक उड्डयनकै कर्मचारी, कहाँ-कहाँबाट कसरी हुन्छ तस्करी ?

८ पुष २०८०, आईतवार १५:२६

काठमाडौं । भित्रुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी हुने सुन एयरपोर्टबाट बाहिर निकाल्न सघाउने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)कै कर्मचारी रहेको खुलासा भएको छ । १४ किलो सुन तस्करी प्रकरणमा छानविन गर्न गठित समितिले एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उडडयन कार्यालय गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, अवकास पाएर करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर सेर बहादुर बस्नेत संलग्न रहेको खुलासा गरेको हो ।

उनीहरुले आफ्ना सवारी साधन मोटरसाइकल, स्कुटर तथा कार समेत सेक्युरिटी चेकपोइन्टभन्दाभित्र लगेर एयरसाइड एरियामा रहेको कार्यालय परिसरमा लगी राख्ने गरेको लेखिएकाले अब सुरक्षा जाँचविन्दु भन्दाभित्र लैजान रोक्नुपर्ने कार्यगत सुझाव पनि समितिले दिएको छ ।

आयल निगम र विमानस्थल गौचरको सिनामंगल चोकस्थित गेटमा वाक थ्रु मेटल डिटेक्टर तल्लकाल राख्नुपर्ने, आयल निगममा जाने कर्मचारीहरुको सवारी साधन पार्किङपछि सुरक्षा जाँच गराइभित्र प्रवेश गर्ने र निस्कने क्रममा सुरक्षा जाँचपछि मात्रै आफ्नो सवारी साधनसम्म जाने व्यवस्था गर्ने, सिनामंगल ओरालो छेउमा रहेको प्रहरी व्यारेकमा प्रवेश गर्ने बाटो चक्रपथबाट खोलेर पछाडितिरको भागमा फिनिसिङ पर्खाल लगाउनुपर्ने सुझाव समेत समितिले दिएको छ । विमानस्थलभित्रको भद्रगोलबारे बीमापोष्टबाट निरन्तर प्रकाशित समाचारले औंल्याएका अधिकांश तथ्यहरु प्रतिवेदनले समेटेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*