मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको खुलासा

८ पुष २०८०, आईतवार १४:५५

काठमाडौं । १४ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका गोरखा बारपाकका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको रहस्य खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएको मंसिर २१ गते बरामद १४ किलो सुन तस्करी प्रकरणको छानविन गर्न गठित समितिको प्रतिवेदनले यस्तो रहस्य खोलेको हो ।

आइतबार पत्रकार सम्मेलन गर्दै समितिका संयोजक मणिराम पौडेलले अहिलेसम्म घलेसहित उनको समूहका व्यक्तिले १३८ किलो सुन तस्करी गरेको देखिएको बताए । घलेको समूहले दुबईबाट ल्याएको १३८ किलो सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पास गरेको खुलेको पौडेलले जानकारी दिए ।

दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिले सुन पठाउने र घलेको समूहले विमानस्थलबाट बाहिर ल्याउने काम गरेको र सोही क्रममा उनी १४ किलो सुनसहित पक्राउ परेको पौडेलको भनाई छ ।

गएको मंसिर २१ गते १४ किलो सुनसहित गोरखा बारपाकका चन्द्र घले पक्राउ परेपछि भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*