सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवर र रजिष्ट्रार पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस

८ पुष २०८०, आईतवार १३:५०

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल (भट्टराई) उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।

न्याय परिषद्ले सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालत पाटनको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो भने रजिष्ट्रार पौडेललाई उच्च अदालत पोखराको न्यायाधीशमा सिफारिस गरेको छ ।

दीपककुमार कार्की सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीश भएका बेला पनि कुँवर उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए । त्यतिबेला उनले उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*