नेपाल बैंकको साधारण सभा आह्वान, बुकक्लोजको मिति पनि तय

८ पुष २०८०, आईतवार १४:०४

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ६४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा पुस २९ गतेका दिनको बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा आयोजना गरिएको हो । सभा विहान ११ बजे हुनेछ ।

सभाले आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन, लेखा परिक्षकको प्रतिवेदनसहितको चालु आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह लगायतका विवरणहरु पारित गर्नेछ ।

सभा प्रयोजनको लागि बैंकले पुस २० गतेका दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार पुस १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागि हुन पाउने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*