जीवन बीमक संघको चौथो बार्षिक साधारणसभा सम्पन्न
८ पुष २०८०, आईतवार १२:११
काठमाडौं । जीवन बीमक संघ नेपालको चौथो बार्षिक साधारणसभा आज पोखरामा सम्पन्न भएको छ । पोखरामा आयोजित कार्यक्रमका बीच संघको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बीमक संघको पोखरामा सम्पन्न चौथो बार्षिक साधारणसभाबाट कम्पनीले आव २०७९।८० को बार्षिक वित्तीय विवरण पातिर गर्नुको साथै चालु आवको लागि लेखा परिक्षक नियुक्त गर्दै सम्पन्न भएको छ ।
नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थितिमा सम्पन्न भएका बार्षिक साधारणसभामा जीवन बीमाको दीगो विकास तथा यस क्षेत्रका चुनौतिहरुका विषयमा छलफल भएको छ ।