कालिका पावरको लाभांश घोषणा, बोनश र नगद कति ?
८ पुष २०८०, आईतवार ११:४०
काठमाडौं । कालिका पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
कम्पनीले शेयरधनीलाई १० दशमलव ५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सो लाभांश पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ० दशमलव ५२ नगद लाभांश (कर प्रयोजन) दिने निर्णय गरेको हो ।
प्रस्तावित उक्त लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी पुस २८ गते वार्षिक साधारण सभा डोकेको छ ।
सभा प्रयोजनका लागि भने पुस १८ गते बुक क्लेज गर्दैछ । यसका आधारमा पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।