श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले नगद लाभांश दिने, साधारण सभा पनि आह्वान

८ पुष २०८०, आईतवार ११:२८

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले नगद लाभांश वितरण गर्ने भएको छ ।

फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट नगद ५ दशमलव ०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ ।

१९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको साधारणसभामा भाग लिन पाउनेछन् । सभाले उक्त लाभांश दिने प्रस्ताव पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*