लाभांश प्रस्तावसहित एजीएम आह्वान गरेको मुक्तिनाथ विकास बैंकको बुक क्लोज कहिले?

८ पुष २०८०, आईतवार ०८:१३

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पुस २८ गते शनिबार सिटी स्क्वायर, न्युरोड काठमाडौंमा दिउँसो १ बजेदेखि १७ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले शेयरधनीलाई ९ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव ५१३२ प्रतिशत नगद गरी कुल १० दशमलव २६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले बोनस शेयर वितरण पश्चात् जारी तथा चुक्ता पुँजी वृद्धि र पबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव अनुमोदन गर्नेछ ।

त्यसैगरी सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना गरी ५ जनाको निर्वाचन गर्नेछ । साथै, कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशन गर्ने गरी सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।

सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्ने तथा चालु आवको को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्ने एजेण्डा रहेको छ ।

लाभांश वितरण तथा सभा प्रयोजनार्थ बैंकले पुस १९ गते बुक क्लोज गर्ने भएकोछ । जस अुनसार सोको अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीमात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*