ग्लोबल आइएमई बैंकले वितरण गर्यो शेयरधनीलाई लाभांश
८ पुष २०८०, आईतवार ०९:५०
काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश वितरण गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो ।
यस बैंकको मंसिर २८ गते सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले गत आवको नाफाबाट शेयरधनीलाई ८ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश बैंकले शेयरधनीको खातामा मंसिर २८ गतेदेखि आईपीएसमार्फत् जम्मा गरेको जनाएको छ ।
साथै, हालसम्म पनि हितग्राही खातामा बैंक खाता र प्यान नम्बर अद्यावधिक नगराएका शेयरधनीलाई यथासिघ्र अद्यावधिक गराउन बैंकले आग्रह गरेको छ ।