स्वास्थ्यमन्त्री बस्नेतलाई झट्का, स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक बसौलाको निलम्बन सर्वोच्चद्वारा बदर

६ पुष २०८०, शुक्रबार १७:५९

काठमाडौं । सर्वोच्च अदालतले स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलालाई निलम्बन गर्ने मन्त्रीस्तरीय निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्वय हरिप्रसाद फुयाल र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले डा. बसौलालाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न विभागीय मन्त्रालयका नाममा अन्तरिम आदेश जारी गरेको हो । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले बसौलालाई गएको कार्तिकमा तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका थिए ।

स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दिनको म्याद दिएर ११ बुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले तीन दिनभित्र स्पष्टीकरण पेश गर्ने गरी मन्त्रीस्तरीय निर्णयबाट असोज ४ गते बसौलालाई स्पष्टीकरण सोधेको हो ।

स्पष्टीकरणपछि मन्त्री बस्नेतले उनलाई निलम्बन गर्ने निर्णय गरेका थिए । असोज २४ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम उनलाई ३ महिनाका लागि निलम्बन गरिएको थियो । त्यस विरुद्ध डा. बसौला १७ कार्तिकमा सर्वोच्च पुगेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*