मेडिकेयर हस्पिटलले आईपीओ निष्काशन गर्ने, साधारण सभा पनि आह्वान
काठमाडौं । मेडिकेयर हस्पिटल लिमिटेडले आईपीओ निष्कासनगर्ने प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने विशेष प्रस्तावसहित आगामी पुस २८ गते शनिबार हुने २६ औं वार्षिक साधारणसभामा लैजाने तयारि गरेको हो ।सभा अकामा होटल धुम्बाराहीमा विहान ११ बजेदेखि सुरु हुनेछ ।
कम्पनीले हाल कायम चुक्तापूँजीको ४८ दशमलव ८० प्रतिशत बोनस सेयर र १४ दशमलव ३४ प्रतिशत नगद लाभांश गरि कुल ६३ दशमलव १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ।
यसैगरी, कम्पनीले उक्त बोनस पछि १२ प्रतिशत हकप्रद निष्कासन गर्ने पस्ताव पनि गरेको छ । कम्पनीले बोनस र हकप्रदपछि कायम हुने पूँजीको १० प्रतिशत सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो ।
साधारण सभाले गत आर्थिक वर्ष २०७९र०८० को वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह विवरणसहितको लेखापरीक्षकको प्रतिवेदनमा छलफल गरि पारित गर्नेछ ।