एनआइसी एशिया लघुवित्तको छैठौँ वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा ढकाल निर्विरोध निर्वाचित

६ पुष २०८०, शुक्रबार १३:३७

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनआइसी एशिया बैंक लिमिटेडको तर्फबाट मनोनित दिपक ढकाल सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् ।

धरान उपमहानगरपालिका -१२, सुनसरीमा सम्पन्न भएको साधारण सभाबाट ढकाल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका हुन् । नवनियुक्त सञ्चालक दिपक ढकालले संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरेर पदभार सम्हालेका छन् ।

बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभव रहेका दिपक ढकाल एनआइसी एशिया बैंक लिमिटेडमा प्रमुख जोखिम अधिकृतमा कार्यरत छन् । उनको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरुमाझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाले विश्वास लिएको छ ।

यस्तै, साधारण सभाले विभिन्न एजेन्डासहित संस्थाको आर्थिक वर्ष २०७९ /८० को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०८० को वासलात, नाफानोक्सान हिसाब र नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ ।

साधारण सभाले संस्थाका शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ प्रतिशतका दरले २६ करोड नौ लाख सोह्र हजार नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*