राष्ट्र बैंकमा प्रशासन, लेखा, वाणिज्य कानून र सूचना प्रविधि सेवाका लागि खुल्यो जागिर (सूचनासहित)

६ पुष २०८०, शुक्रबार ०९:५१

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय मानव संसाधन व्यवस्थापन विभागले अधिकृत तृतीय र सहायक द्वितीय प्रशासन र प्राविधिक गरी खुला र समावेशीबाट पदपूर्तिका लागि दरखास्त मागेको छ ।

राष्ट्र बैंकले प्रशासन, लेखा, लेखापरीक्षण, वाणिज्य कानून र सूचना प्रविधि सेवाका लागि खुला र समावेशी गरेर ६७ जनाको दरखास्त खोलेको हो ।

दरखास्त दिने मिति पु्स २६ गतेसम्म भनिएको छ भने दोब्बर दस्तुर तिरेर माघ ४ गतेसम्म आवेदन भर्न सकिने राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*