प्रभु महालक्ष्मी लाइफले बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याउन १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने, पुस २९ मा साधारण सभा

६ पुष २०८०, शुक्रबार ०९:११

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । अर्पण व्याङक्वेट बानेश्वरमा डाडिएको साधारण सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गर्ने लगायत विभिन्न ७ वटा प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

प्रभु महालक्ष्मीले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याउन निमनकारी निकायको स्वीकृति लिई हाल कायम रहेको चुक्ता पूँजीको १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने र पूँजी बृद्धि पश्चात त्यसै अनुसारको चुक्ता पूँजी कायम गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव पारित गर्दै छ ।

यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पका पीडितको सहयोगार्थ प्रधानमन्त्री राहत तथा प्रकोप उद्दार कोषमा प्रदान गरिएको १० लाख सहयोग अनुमोदन गर्ने विशेष प्रस्ताव राखिएको छ । साधारण सभामा भाग लिने प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने शेयरधनीहरुले त्यस सम्बन्धी निवेदन पुस २७ गते बिहीबारभित्र कम्पनीको प्रधानकार्यालयमा बुझाइसक्नु पर्ने भनिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*