धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार विहान फेरि बोलाए बोर्ड बैठक, स्टक एक्सचेन्जको लाइसेन्स पहिलो एजेण्डा
काठमाडौं । अग्रिम रुपमा एक अर्बभन्दा घुस लिइसकेका कारण अप्ठेरोमा परेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले अर्को प्रयास स्वरुप भोलि शुक्रबार विहान ८ बजे पुनः बोर्ड बैठक बोलाएका छन् । आज दिनभर अर्थ मन्त्रालयलाई जवाफ फर्काउने कागज तयार गरी माईन्यूट समेत लेखिसकेका हमालले भोलि विहान औपचािरक बैठक राखेर उपस्थित भन्दै निर्णयमा हस्ताक्षर गराउन खोजेका छन् ।
बीमापोष्टलाई प्राप्त सूचना अनुसार भोलि विहानको बैठकमा सञ्चालकहरु नआएमा घर घरमै पुगेर हस्ताक्षर गराएरै भएपनि भोलि दिउँसोसम्म अर्थ मन्त्रालयमा पेश गर्ने तयारी बोर्डमा भइरहेको छ ।
आफ्नो कार्यकालको अन्तिममा जसरी पनि नयाँ स्टकको लाइसेन्स दिन अडान लिएर अपराधिक मनस्थितिले अघि बढेपछि बोर्डका सञ्चालकहरु त्रस्त बनेका छन् । आज दिनभर प्रधानमन्त्रीको नाम लिएर सञ्चालकहरुलाई कार्यालयमा आएर हस्ताक्षर गर्न भनिएकोमा कसैले पनि मानेका थिएनन् । उक्त योजना असफल भएपछि भोलि पुनः बैठक राखेर निर्णय गर्न खोजिएको हो । स्रोतका अनुसार सो कार्यमा अर्थमन्त्रालयमा सह सचिव रितेश शाक्यले हमालको साथ दिइरहेका छन् ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको औचित्य लगायतका थप स्पष्टिकरण पेश गर्नुपर्ने भएकोले हमालले जसरी पनि भोलि बैठक राखेर हस्ताक्षर गराउने र उक्त कार्य पनि असफल भए आफैले जवाफ लेख्ने तयारी पुरा भएको बोर्ड स्रोतले जनाएको छ ।
। बुधबार बसेको संचालक समिति बैठकलाई कानुन मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक हुमबहादूर केसी र नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट प्रतिनिधित्व गर्ने संचालक सुरकष्ण बैद्यले बहिस्कार गरेका थिए भने नेपाल राष्ट्र बैंककोतर्फबाट प्रतिनिधित्व गर्ने संचालक डा. प्रकाशकुमार श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जको विषयमा अहिले प्रक्रिया अघि बढाउन नहुने भन्दै बाहिरिएका थिए ।
तर, अध्यक्ष हमालले भने माइन्युटको उक्त टिप्पणी उठाएर संचालकको घरमैमा पुर्याएर हस्ताक्षर गराउने तयारीमा रहेको उनी देखिन्छन् । नमाने बल प्रयोग गर्न सक्ने विश्वस्त स्रोतले जनाएको छ । गत निर्वाचन अघि नै ठूलो रकम लिएरनेताहरुलाई बाँडफाँड गरिएकाले पनि सत्ता गठबन्धनका नेताहरु पार्टीका शीर्षस्थत नेताहरु हमालको पक्षमा रहेका छन् ।
पछिल्लो समय नयाँ स्टक लाइसेन्स वितरणमा ठूलो आर्थिक चलखेल भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । तर, हमाल जेल जाने जोखिम मोलेरै भएपनि एक अर्ब रुपैयाँ लेनदेन भइसकेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन मरिहत्ते गरिरहेका छन् । हमाल अब जम्मा १० कार्यदिन मात्रै काम गर्न पाउनेछन् ।