भिजिट भिसामा विदेश पठाउन अध्यागमनमा सेटिङ मिलाउने थप दुई जना ट्राभल सञ्चालक पक्राउ
५ पुष २०८०, बिहीबार १७:४९
काठमाडौं । भिजिट भिसामा विदेश जानेहरुलाई अध्यागमनमा सेटिङ मिलाउने थप दुई जना ट्राभन्स सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । एड्भिका टुर्स एण्ड ट्राभलका सञ्चालक बुद्ध लामा र कमलराज हमाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले भिजिट भिसामा विदेश जानेलाई नक्कली कागजपत्र बनाउने र अध्यागमनमा सेटिङ मिलाउने काम गर्दै आएका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।
यसअघि अध्यागमन अधिकृत नरविर खड्कासहित ३६ जना पक्राउ परिसकेका छन् । थप अध्यागमन अधिकृतहरु प्रहरी छानबिनमा छन् । प्रारम्भिक अनुसन्धानबाट दैनिक करिब दुई सय जनालाई भिजिट भिसाको सेटिङ मिलाइने र त्यसमा एक करोड रुपैयाँ घुस लेनदेन हुने गरेको तथ्य खुलेको छ ।