नेप्से ३० पारित हुने अन्तिम तयारीमा, भव्यताका साथ ल्याउने तयारीमा
काठमाडौं । नेप्सेको संचालक समितिको बैठक भोलि बस्ने तयारी गरेको छ। नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल नियुक्त भएर आएपछि तेस्रोपटकको बैठक भोलि बस्न लागिएको हो ।
भोलि बस्ने बैठकमा नेप्सेले आफनो एजेण्डामा नेप्से ३० को प्रस्ताव राखेको छ । तर भखरै नियुक्त भएको अध्यक्षमा शोभाकान्त पौडेलको कार्यव्यस्तताको कारण भोलि ब्यालेनसिटको प्रस्ताव मात्रै पारित गर्ने बिषयमा छलफल हुन सक्ने नेप्सेका सिईओ कृष्णबहादुर कार्की बताँउछन् ।
नेप्से ३० पारित भएको खण्डमा आम सर्वसाधारणमा ल्याउन आफूहरु आत्तुर रहेको सिईओ कार्की बताँउछन् । भोलिको बैठक नेप्सेको साधारणसभा र ब्यालेन्ससिटि गर्ने विषयमा केन्द्रीत हुने छ । बैठकमा नेप्सेको आर्थिक वर्ष २०७९÷८० को लेखापरीक्षण भएको वित्तीय विवरण पेश हुने छ ।
नेप्सेले पुस मसान्त भित्र नै साधारणसभा सक्ने तयारी गरेको छ । गत वर्ष १०० प्रतिशत नगद लाभांश दिएको नेप्सेले यस पटक के कति लाभांश दिन्छ भन्ने विषयमा शुक्रबारको संचालक समितिको बैठकपछि थाहा हुने बताईएको छ ।
लगानीकर्ता माझ चर्चामा रहेको नेप्से ३० को एजेण्डा भने शुक्रबारको संचालक समितिको बैठकमा राखिएको छैन । सम्भवत अब नेप्सेको साधारणसभा नसकिएसम्म नेप्से ३० बारे निर्णय हुने छैन ।
नेप्से ३० इन्डेक्स कार्यान्वयनको लागि सबै प्रक्रिया सम्पन्न भईसकेको छ ।