बीमा प्राधिकरणद्वारा प्रभु महालक्ष्मी लाइफको हकप्रद शेयर स्वीकृत, बाकी तीन कम्पनीको अन्तिम तयारी

५ पुष २०८०, बिहीबार १७:५४

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ । प्राधिकरणले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको १७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्न अनुमति दिएको हो ।

हाल ४ अर्ब २९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी, हकप्रद शेयर निष्काशनपश्चात ५ अर्ब नाघ्नेछ । नेपाल धितोपत्र बोर्डबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा हकप्रद शेयर निष्काशन गरिनेछ ।

प्राधिकरणले यस लगगै बाकी हकप्रद निष्काशन गर्न तयारी रहेका कम्पनीलाई स्वीकृती प्रदान गर्ने तयारी गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*