नेप्सेमा चिलिमे हाइड्रोपावरको बोनश शेयर मूल्य समायोजन
५ पुष २०८०, बिहीबार १६:५०
काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक कम्पनीको बोनश शेयर मूल्य समायोजन भएको छ । बिहीबार नेप्सेले चिलिमे हाइड्रोपावरको बोनश शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले आज हाइड्रोपावरको १० प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य ५१९.८२ रुपैयाँ तोकेको छ । नेप्सेले बिहीबार कायम अन्तिम शेयर मूल्य ५७१.८० रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।
आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात हाइड्रोपावरका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।