भागबण्डाका न्यायाधीशले लिए शपथ

५ पुष २०८०, बिहीबार १६:५०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका ६ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त सर्वोच्च अदालतका न्यायाधीशले राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष बिहीबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

नवनियुक्त न्यायाधीश सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालले शपथ लिएका हुन् । बुधबार मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले संसदीय सुनुवाई समितिबाट अनुमोदित ६ जनालाई सर्वोच्चको न्यायाधीश नियुक्ति गरेका थिए ।

न्यायालयमा भागबण्डामा न्यायाधीश नियुक्ति भइरहेको भनी आलोचना हुने गरे पनि यो पल्टै फेरि भागबण्डाले नै निरन्तरता पाएको छ । ४ जना न्यायाधीश न्यायसेवाबाट परे पनि दुई जना नेपाल बार एशोसिएशनबाट परेका छन् । जो स्पष्ट दलीय ट्याग लागेका व्यक्तिहरु हुन् ।

वष्ठि अधिवक्ता सुनिल पोखरेल कांग्रेस निकट मानिने डेमोक्रेटिक लयर्स एशोसिएशनबाट नेपालबारेका महासचिव भएका व्यक्ति हुन् भने बालकृष्ण ढकाल कट्टर एमाले मानिन्छन् । न्यायसेवा अर्थात् उच्च अदालतबाट सिफारिसमा परेका न्यायाधीशहरु पनि पूर्व प्रधानन्यायाधीश तथा शक्तिकेन्द्रको भागबण्डा मै परेकाहरु रहेको बताइँदैछ ।

यो पल्ट सत्तामा बसेको माओवादीले भने सर्वोच्चमा एक जना न्यायाधीशको पद खाली हुँदा हुँदै आफ्नो भागको अकुपाई भने गरेन । अघिल्लो कार्यकालमा वर्तमान प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतमा आफ्नो पार्टी निकट ९ जना र उच्च अदालतमा एकैपल्ट १९ जना न्यायाधीश भर्ति गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*