सूर्यज्योति लाइफका लगानीकर्ताले आज सर्वाधिक गुमाए, अन्य कुनले कति ?

५ पुष २०८०, बिहीबार १५:२४

काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजार ओरालो लागेसँगै २३१ कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ । बिहीबार नेप्से परिसूचक ३६ दशमलव १५ अंकले घटेर २१०५ को विन्दुमा कायम भएको छ ।

कारोबार भएका कम्पनीहरुमध्ये सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक घटेको छ । आज कम्पनीको शेयरमूल्य ७ दशमलव ४४ प्रतिशत अर्थात ४६ रुपैयाँले घटेर ५७८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, उन्नति सहकार्य लघुवित्त, सनराइज फस्ट म्युचुअल फण्ड, ग्रामिण विकास लघुवित्त, युनिअन हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*