१० कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
५ पुष २०८०, बिहीबार १५:१५
काठमाडौं । कारोबार साताको अन्तिम दिन बिहीबार शेयर बजारको निरन्तर उकालो लागेको यात्रा रोकिएको छ । बिहीबार नेप्से परिसूचक ३६ दशमलव १५ अंकले घटेर २१०५ को विन्दुमा कायम भएको छ ।
बिहीबार कारोबार भएका कम्पनीहरुमध्ये १० कम्पनीहरुको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज नेप्सेमा कारोबार भएका कम्पनीहरुमध्ये जम्मा ४० वटाको मात्र शेयरमूल्य बढेको छ ।
त्यस्तै, बोटलर्स नेपाल, आशा लघुवित्त, धौलागिरी लघुवित्त, बिपिडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावर लगायतका अन्य कम्पनीको शेयरमा सर्किट लागेको छ ।