आइएमई लाइफको सञ्चालकमा सिताराम थापा र संदिप क्षेत्री चयन

५ पुष २०८०, बिहीबार १३:०२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सिताराम थापा र संदीप क्षेत्री गरी दुई जनालाई सञ्चालक समितिको सदस्यमा चयन गरेको छ ।

कम्पनी सञ्चालक समितिको पुस ४ गते बसेको बैठकको निर्णयले उनीहरुलाई रिक्त रहेको सञ्चालक पदमा चयन गरेको हो ।

कम्पनी सञ्चालक समितिमा संस्थापक समुह तर्फबाट आईजिआई प्रूडेन्सियल इन्स्योरेन्स (साविकको आइएमई जनरल इन्स्योरेन्स) र ग्लोबल आइएमई बैंकले आफ्नो प्रतिनिधि फिर्ता बोलाएपछि २ वटा सञ्चालक पद रिक्त रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*