नेपाल बैंकले पनि बनायो शेयरधनीको हात खाली
५ पुष २०८०, बिहीबार ११:०६
काठमाडौं । नेपाल बैंकले आर्थिक वर्ष २०७९र८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकको पुस ४ गते सम्पन्न संचालक समितिको बैठकले गत आवको लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
बैठकले चालु आवको असार मसान्त सम्मको वासलात , २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।
राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।