मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले १९ पदमा ठूलो संख्यामा माग्यो कर्मचारी (सूचनासहित)

५ पुष २०८०, बिहीबार १०:३३

काठमाडौं । मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले करारमा छैठौं, सातौं, आठौं र नवौं तहका कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको छ । निर्देशनालयले विभिन्न १९ पदमा १६१ जना करार कर्मचारी भर्ना गर्न सूचना प्रकाशित गरेको हो ।

सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र निर्देशनालयको वेबसाइटबाट फाराम डाउनलोड गरेर आवेदन दिन सकिने जनाइएको छ । आवेदकको उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने भनिएको छ भने छैठौं, सातौं र आठौं तहमा लिखित र अन्तर्वार्ता दुबै हुने र नवौं तहका लागि अन्तर्वार्ता मात्रै हुने सूचना मै उल्लेख गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*