गरिमा विकास बैंकको लभांश घोषणा, बोनश र नगद कति ?
५ पुष २०८०, बिहीबार १०:०९
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरुलाई लाभांश घोेषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९ दशमलव ५० प्रतिशत बोनस शेयर रहेको छ भने ० दशमलव ५० प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।बैंकको पुस ४ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
garima