अर्थ मन्त्रालयको प्रतिनिधि बिना नै महत्वपूर्ण निर्णय गर्दै बीमा प्राधिकरण

५ पुष २०८०, बिहीबार ०८:०३

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अर्थ मन्त्रालयका आधिकारिक प्रतिनिधि बिना नै महत्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ । प्राधिकरणका लागि अर्थमन्त्रालयबाट तोकिएका सञ्चालक हुन भुपाल बराल । अहिले बिरामी बिदा लिएर बराल घरमै आराम गरिरहेका छन् । अर्थ मन्त्रालयको प्रतिनिधि बिना नै बिहिवार सञ्चालक समितिको बैठक राखेर दुई महत्वपूर्ण हुन लागेको हो ।

नेपाल बीमा प्राधिकरणमा सञ्चालक समितिको बैठक आज विहानको लागि बोलाइएको छ । आजको सञ्चालक समितिको बैठकबाट महत्वपूर्ण निर्णय गर्ने तयारी गरिएको छ । सो सम्बन्धमा जिज्ञाशा राख्दा एक सञ्चालकले बैठक राखिएको तर प्रस्तावबारे थाहा नभएको बताए । उता, अर्थमन्त्रालयमा सम्पर्क गर्दा बीमा प्राधिकरणका लागि तोकिएका सञ्चालक बराल बिरामी भएको जानकारी प्राप्त भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*