यी कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाए

४ पुष २०८०, बुधबार १५:२१

काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै आज १०० कम्पनीको शेयरमा सामान्य अंकको गिरावट आएको छ ।

कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका कम्पनीहरुमध्ये कुमारी धनबृद्धि योजनाको शेयरमूल्य ३ दशमलव ८२ प्रतिशतले सर्वाधिक घटेको छ ।

त्यस्तै, नेरुडे लघुवित्तको ३.६५ प्रतिशत, माथिल्लो मैलुङ्ग खोलाको ३.६४ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लगायत अन्य कम्पनीको शेयरमूल्यमा गिरावट आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*