१५ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
४ पुष २०८०, बुधबार १५:१२
काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक बढेसँगै आज १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका कम्पनीहरुमध्ये कुल झण्डै १९० वटाको शेयरमूल्यमा हरियाली छाएको छ ।
त्यस्तै, बोटलर्स नेपालको शेयरमा आजपनि सकारात्मक सर्किट लागेको छ । बुधबार हिमालयन डिस्टीलेरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्टक्चर लगायतका कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।