नेप्सेको उकालो यात्रा जारी, २१ सय विन्दु कायमै
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ विन्दुमा पुगेर रोकियो । अघिल्लो दिन मंगलबार उच्च अंक अर्थात् ४५.९८ ले बढेर ५ महिनापछि २१ सयको विन्दुमा उक्लिएको नेप्सेले बुधबार पनि २१ सय विन्दु कायमै राख्यो ।
क्यापिटल मार्केटमा बुधबार एक करोड ९९ लाख ६३ हजार ६०४ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ९५ लाख ७५ हजार १७६ रुपैयाँको कारोबार भएको छ ।
बुधबार सेन्सेटिभ परिसूचकमा पनि सुधार आयो भने होटल तथा पर्यटन र निर्जीवन बीमा उपसूचक ऋणात्मक हुन पुगे । निर्जीवन बीमा उपसूचक दोहोरो अंकले घट्दा होटल तथा पर्यटन उपसूचक तेहरो अंकले घट्न पुगेको छ ।
साताको कारोबार अन्त्य हुने अघिल्लो दिन उत्पादन तथा प्रशोधन उपसूचक ४०० अंकले बढ्यो भने जीवन बीमा र व्यापार उपसूचक पनि तेहरो अंकले वृद्धि भयो । दुई उपसमूह छोडेर ११ उपसमूहमा वुधबार उत्साहजनक कारोबार भएको छ ।