शिवम् सिमेन्ट र सोल्टी होटलको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

४ पुष २०८०, बुधबार १५:०५

काठमाडौं । कारोबार साताको चौथों दिन अर्थात बुधबार पनि शेयर बजार दोहोरो अंकले बढेको छ । कारोबारको अघिल्लो दिन ४५ अंकले बढेको नेप्से परिसूचक आज ३५.३९ अंकले बढेर २१४१ को विन्दुमा कायम भएको छ ।

शेयर बजार बढेसँगै शिवम् सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको आज प्रतिकत्ता ६१३ रुपैयाँका दरले ३७ करोड रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँ, सोनापुर मिनिरल्सको २० करोड १५ लाख रुपैयाँ, हिमालय दोलखा हाइड्रोपावरको १८ करोड रुपैयाँको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*