नयाँ स्टक एक्सचेन्जको लाइसेन्स धितोपत्र बोर्ड बैठकबाट अस्वीकृत, बैठकमै विवादपछि तनावपूर्ण अवस्थामा हमाल

४ पुष २०८०, बुधबार १३:४१

काठमाडौं । आफ्नो कार्यकालभित्रैमा जसरी पनि नयाँ स्टक एक्सचेन्जको लाईसेन्स दिन मरिहत्ते गरिरहेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको सेटिङ धन्दा आजबाट च्याप्टर क्लोज भएको छ । अर्थमन्त्रालयले सोमबार पठाएको थप स्पष्टिकरण पेश गर्ने सम्बन्धी पत्रको जवाफ दिन आज डाकिएको सञ्चालक समितिको बैठकले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धी थप निर्णय गर्न अस्वीकार गरेको छ ।

आजको सञ्चालक समितिको बैठकमा अर्थमन्त्रालयका प्रतिनिधि, राष्ट्र बैंकका प्रतिनिधि तथा नेपाल उद्योग बाणिज्य महासंंघका प्रतिनिधिसहितका सञ्चालकहरुले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स सम्बन्धमा तेस्रो पक्ष संलग्नताको सम्बन्धमा थप अध्ययन नगरी निर्णय नगर्ने अडान राखेपछि आजको लागि बैठक सकिएको छ ।

यही पुस २० गतेदेखि पदावधि सकिन लागेका धितोपत्र बोर्डका अध्यक्ष हमाल नयाँ स्टक एक्सचेन्जको लाइसेन्स नआउने भएसँगै तनावपूर्ण अवस्थामा कार्यालयमा बसिरहेका छन् । माफियासँगको सेटिङ पुँजि बजारमा नीतिगत चलखेल गरी अर्बौ रुपैयाँ कमाउन लागेका हमालको अन्तिम सेटिङको काममा धक्का लागेको छ ।

पदावधि एक महिना बाँकी हुँदा विदामा बस्नुपर्ने नियम विपरित नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न खोजिरहेका उनको नयाँ स्टक एक्सचेन्ज सम्बन्धी प्रक्रिया अब आजदेखि अन्त्य भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*