प्रधानमन्त्री कार्यालयको नयाँ हलमा बसेको बैठकले उखुको समर्थन मूल्य तोक्यो

४ पुष २०८०, बुधबार १३:२९

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको नयाँ हलमा बसेको मन्त्रिपरिषद्‍ बैठकले उखुको समर्थन मूल्य तोकेको हो । सरकारले उखु प्रति क्विन्टल ६३५ रुपैयाँ तोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले तोककेको मूल्यमध्ये ५६५ रुपैयाँ उद्योगले तिर्नु पर्नेछ । बाँकी ७० रुपैयाँ सरकारले अनुदानका रुपमा किसानलाई उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताईन् ।

उखुको समर्थन मूल्य सक्दो चाँडो तोक्न सांसदहरुले केही दिन पहिले मात्रै कृषिमन्त्री वेदुराम भुसालको ध्यानाकर्षण गराएका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*