सर्वोच्चको न्यायाधीश प्रस्तावित ६ जनाको नाम सर्वसम्मत अनुमोदन

४ पुष २०८०, बुधबार १३:१८

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित ६ जनाको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।

बुधबार बसेको समितिको बैठकले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

यसअघि समितिमा उनीहरूको सुनुवाइ भएको थियो । समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*