नेप्सेमा तीन कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

४ पुष २०८०, बुधबार १२:५१

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुधबार भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर र नेपाल वेयरहाउजिङको आईपीओ नेप्सेमा सूचीकृत भएको हो ।

बुधबार नेप्सेमा भिजन लुम्बिनी उर्जा कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड ९१ लाख २५ हजार कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १२१.७८ रुपैयाँदेखि ३६५.३४ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेकोृ छ ।

साथै, बुधबार नेप्सेमा चिरख्वा हाइड्रोपावर कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम १००.०१ रुपैयाँदेखि ३००.०३ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेकोृ छ ।

नेप्सेमा नेपाल वेयरहाजिङ कम्पनीको अंकित मूल्य १ सय रुपैयाँका दरले ६८ लाख ७५ हजार कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीको आईपीओलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९३.०४ रुपैयाँदेखि २७९.१२ रुपैयाँको ओपनिङ रेन्ज प्रदान गरेकोृ छ ।
तीन वटै कम्पनीको आईपीओ भोलि अर्थात बिहीबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*