ज्योति विकास बैंकले लाभांश वितरण नगर्ने

४ पुष २०८०, बुधबार १०:२७

काठमाडौं । ज्योति विकास बैंकले गत आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको छ ।

बैंकको बुधबार सम्पन्न सञचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सो बैठकले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु राष्ट्र बैंकबाट अनुमोदन पछि साधारण सभामा पेश गर्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*