बिन्ध्यबासीनी हाइड्रोपावरको लाभांश घोषणा, साधारण सभा पनि आह्वान
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई हाल कायम चुक्ता पूँजीको ५ दशमलव २६३२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि पुस २६ गते सातौँ वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । उक्त सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे शुरु हुने कम्पनीले जनाएको छ ।
विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
कम्पनीले साधारण सभा प्रयोजनार्थ पुस १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।