महालक्ष्मी विकास बैंकको लाभांश घोषणा
४ पुष २०८०, बुधबार १०:०३
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८०।०७९ को सञ्चित मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको ६ दशमलव ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको निर्णयले सो लाभांश घोषणा भएको हो ।
।बैंकले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात लगानीकर्ताले पाउनेछन् ।
mahalaxmi bikash bank dividend